टोरोन्टो, सेप्टेम्बर ७ ।

बाग्लुङ सेवा समाज क्यानडाको पाँचौ बार्षीक साधारण सभा हिजो सम्पन्न भएको छ । स्कारबोरो स्थित ब्लफर पार्कमा सम्पन्न उक्त साधारण सभाले संस्थाको बार्षीक प्रतिबेदन, आर्थीक प्रतिबेदन पारित गर्नुका साथै बिधान संसोधन गरि सम्पन्न गरेको छ ।

कार्यक्रममा निमन्त्रणालाई स्वीकार गरि क्यानडाको पारिवारिक भ्रमणमा रहनु भएका बाग्लुङका बरिष्ठ अधिवक्ता श्री पद्मनाथ शर्मा, लामो समय धौलागिरी बहुमुखी क्यापस बाग्लुङमा प्राध्यापन गरि क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालि शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान दिनु भएका पर्वत कुश्मा निवासी श्री लक्ष्मी प्रसाद शर्मा, पारीवारिक भ्रमणमा नै रहनु भएका श्री सोम सुवेदी र श्रीमति टीका कुमारी सुबेदी एवम श्रीमति पार्वती न्युरे समेतको उपस्थिती रहेको थियो ।

नेपाली महिलाहरुको महान पर्व तीजको दिन उपबास बस्दा बस्दै पनि संस्थाको कार्यक्रम सफल बनाउन महिला दिदी-बहिनीहरुको समेत उपस्थिती थियो ।

साधारण सभा सँगै भएको बार-बि-क्यु कार्यक्रमको नेतृत्व याम खत्री ले गरेका थिए भने सन्तोष थापा, गोपाल पुन, दानविर बोहोरा, युवाराज खत्री, लक्ष्मण पाण्डे र विरु बस्नेत लगाएतका साथीहरुले सहयोग गरेका थिए । साधारण सभामा अतिथी सत्कारका लागि बिशेष भुमिका निर्बाह गर्ने दुर्गा पौडेलले गरेका थिए ।

कार्यक्रममा सम्पुर्ण खानाको व्यबस्था गर्ने संस्थाका सदस्य, सफल उद्धमी राजमान खत्री तथा भिन्डालु रेस्टुरेन्टले गरेको थियो। भुकम्प प्रभावितलाई सहयोगार्थ सहयोग रकम संकलन काममा सघाउ पुर्याउने काठ्माण्डु रेस्टुरेन्ट, यमुना खत्री तथा भिन्डालु रेस्टुरेन्टलाई सम्मान गरिएको थियो भने संस्थाका बिभिन्न कार्यक्रमलाई ठुलो आर्थीक सहयोग पुर्याउने संयुक्त राज्य अमेरिकामा बस्नु हुने डा. हेमराज रेग्मी र टोरोन्टोका राजमान खत्रीलाई बिषेश सम्मान गरिएको थियो ।

निमन्त्रणा स्वीकारी संस्थालाई पुर्याएको आर्थीक,बौद्धिक तथा सामाजीक सहयोग स्वरुप प्रदान गरिएको हाम्रो सम्मान तथा मायाको चिनो ग्रहण गर्न उपस्थित समाजसेवी गोपाल भण्डारी, सुमन लम्साल, केशब बस्नेत, राजीव के सी एवम अन्य महानुभावलाई प्रशंसा पत्र तथा भलिबल खेलाडीहरु भुपिन्द्र भण्डारी, पाण्डू श्रेष्ठ, याम खत्री, गोपाल पुन, प्रदिप उपाध्याय, बिदुर केसी, पुजन गुरङ, दिपेन्द्र के सी लगाएतक खेलाडी साथीहरुलाई मायाको चिनो उपहार द्धार सम्मान गरिएको थियो ।

उक्त अबसरमा संस्थाले संचालन गरेको छात्रवृति कार्यक्रम प्रति सहयोग गर्ने ४ जना नयाँ सहयोगीहरुको घोषणा गरिएको थियो । सुबोध पुडासैनी, बिमल मान बस्नेत, रामहरि अधिकारी तथा अर्को एक जना रहनु भएको छ । घोषणालाई स्वागत गर्दै उनीहरु प्रति साधारण सभाले हार्दिक धन्यबाद दिएको थियो ।

बार्षीक साधारण सभाले आगामी २ बर्षको लागि नयाँ कार्य समिति चयन गर्ने कार्यक्रम सम्पन्न भएको छ । संस्थाको कार्य समिति छनौटको चुनौतिपुर्ण जिम्मेवारी सम्हाली सफलताका साथ नयाँ कार्यसमिति छनौट गर्नु हुने श्री कपिल सुबेदीले निर्वाह गरेका थिए ।

आगामी दुई बर्षका लागी दुर्गा अधिकारीको नेतृत्वमा २० सदस्सीय नयाँ कार्यसमिति छनोट भएको छ ।

यस्तै संस्थाले सल्लाहकार समितिमा डा. कृष्ण के सि, गणेश खत्री र केशब सापकोटालाई अनुमोदन गरेको छ भने नयाँ कार्य समितिमा:
दुर्गा अधिकारी – अधक्ष्य
ईश्वर चन्द राजन – उपाधक्ष्य
भवि न्यौपाने – उपाधक्ष्य
हरि के सि – महासचिव
दुर्गा पौडेल – सचिव
माधव गौतम – कोषाधक्ष्य
यमुना खत्री – सह-कोषाधक्ष्य
लक्ष्मण पाण्डे – कार्यक्रम संयोजक
सदस्यहरु:
याम खत्री
लक्ष्मण सुवेदी
गिरी बुढाथोकि
राजमान खत्री
दिलिप पौडेल
दान बहादुर बोहरा
प्रतिक्षा श्रेष्ठ
देब बोहरा
अर्जुन घिमिरे
रवि न्युरे
भुपिन्द्र भण्डारी
आनन्द अर्गेजा

साधारण सभालाई सफलतापुर्वक सम्पन्न गराउन सार्थक र सक्रिय भुमिका निर्बाह गर्ने संस्थाका सम्पुर्ण पदाधिकारी, सल्लाहकार, सदस्य तथा शुभचिन्तकहरु सबैमा हार्दीक आभार व्यक्त गरेको छ ।

कार्यक्रमको संचालन सचिव हरि केसि ले गरेका थिए भने महासचिवले बार्षिक प्रगति बिवरण पेश गरे भने कोषाधक्ष्यले आर्थीक प्रतिबेदन पेश गरेका थिए । सभा उठेका प्रश्नहरुलाई अध्यक्षले जवाफ दिएका थिए । साधारण सभाले संस्थालाई गतिशिल बनाउँदै क्यानाडा स्थापित नेपाली सामाजीक संस्थाहरु माझ उदाहरणीय काम गरेकोले अघिल्लो कार्य समितिलाई धन्यबाद दिएको थियो ।