टोरोन्टो ।

बाग्लुङ सेवा समाज क्यानडाले अग्नी पिडित परिवारलाई राहत पुर्याउने उद्धेश्यले चन्दा संकलन गरिरहेको छ । जिल्लाको धुल्लुबास्कोटको झुलेमा भएको आगलागी बाट २३ घर परिवार बिस्थापित भएको खबर सँगै संस्थाले रकम संकलन गरि सहयोग पठाउन लागेको हो ।

स्थापना काल देखी नै प्राकृतिक प्रकोपका बेला बिभिन्न ठाउँमा सहयोग पठाउँदै आएको छ । बाग्लुङको रेश गाविसका पहिरो पिडितलाई सहयोग पठाई शुरु गरेको थियो । त्यस पछि पोखराका सेती नदीको बाढी पिडित, सिन्धुपाल्चोकका पहिरो पिडित र गत बर्ष भुकम्प प्रभावित जिल्ला निवाकोटमा सहयोग पुर्याएको थियो ।