टोरोन्टो, मार्च १२ ।

मगर सँघ क्यानडाको प्रथम शहिद लखन थापा भलिबल कप बाग्लुङ सेवा समाज क्यानडाले जितेको छ । सँघ द्धारा यहि मार्च १२ गते मिसिसागामा आयोजित प्रतिस्पर्धामा मिसिसागाको लाली गुरास स्पोर्टस कल्ब (ए) लाई ३-० ले जितेको हो । उक्त प्रतियोगितामा आयोजक सहित ६ टिमले भाग लिएका थिए । भाग लिने टिमहरुमा बाग्लुङ सेवा समाज क्यानडा, लाली गुराँस ए र बि, एन आर एन क्यानडा, तमु धिं र मगर सँघ रहेका थिए ।

बाग्लुङ सेवा समाज क्यानडा भुपिन्द्र भण्डारीको नेतृत्वमा सहभागी भएको थियो । टिममा लक्ष्मण पाण्डे, हरि के सी, याम खत्री, दिपेन्द्र जंग के सि, बिदुर के सि, र प्रकास भट्टचन रहेका थिए भने म्यानेजरको रुपमा दुर्गा अधिकारी रहेका थिए । बिजेतालाई मेडल, रनिङ कप र ६०० डलर पुरस्कार दिईएको थियो भने द्धतिय हुने टिमलाई ४०० डलर पुरस्कार र मेडल दिईएको थियो । खेलबाट उत्तम खेलाडी बाग्लुङ समाजका खेलाडी बिदुर के सि ले पाए । रिषि तिवारिले खेलको रेफ्रीको रुपमा भुमिका खेलेका थिए ।