बाग्लुङ सेवा समाज क्यानडाको नियमित छात्रवृति परियोजना अन्तरगत सन २०१४ देखी शुरु भएको यस कार्यक्रमका लागी आगामी शैक्षिक शत्र २०७३ को लागी छात्रवृति आवेदन फारम खुलेको छ । आवेदन यो तलको लिङ्क बाट डाउनलोड गर्न सकिने छ । सो फारम भर्नका लागी अर्को लिङ्कमा भएका मापदण्ड पुरा गरेको हुनु पर्नेछ । यो शैक्षिक शत्रका लागी जम्मा ५ जना बिधार्थीको निवेदन छनोट गरिनेछ । जम्मा ५ जना बिधार्थीहरुमा २ जना बाग्लुङ जिल्ला, १ जना पर्वत, १ जना म्याग्दी र अर्को १ जना नुवाकोट जिल्लाबाट लिईने छ । आवेदन संकलनको लागी स्थानिय प्रतिनिधिहरु तथा श्रोत व्यक्ति छनोट भैसकेको जानकारी गराउँछौ