बागलुङ सेवा समाज क्यानडाले २०८२ (२०२५) को तिहार एवम दिपावलीको उपलक्ष्यमा यहि आउँदो अक्टोबर २० गते देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । स्कारबोरो स्थित नमस्ते पेवेलियन रेस्टुरेन्टमा हुने उक्त कार्यक्रम लक्ष्मी पूजाको दिन साँझ ७:३० बजे देखि हुने भएको हो । नेपाली कला र सँस्कृतिको संरक्षण एवम सम्बर्दन यस कार्यक्रमको मुल उद्धेश्य रहेको छ । क्यानडालाई कर्मथलो बनाई नेपाली चाड-पर्व, कला र सँस्कृति मनाउनुहुने सम्पुर्ण क्यानडाबासी दाजुभाई दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागिताको लागी हार्दिक निमन्त्रणा गर्दछौ । कार्यक्रमको स्थान, समय र मिती निम्न लिखित रहेको छ । बिगतमा पनि देउसी भैलो कार्यक्रम संचालन भएको र उक्त कार्यक्रमबाट संकलित रकमले समाजका बिभिन्न कार्यक्रम गर्दे आईरहेको जानकारी गराउन चाहान्छौ ।