सेप्टेम्बर ४, टोरोन्टो ।

बाग्लुङ सेवा समाज क्यानडाको छैठौं साधारण सभा र बार्षीक बारबिक्यु कार्यक्रम स्कारबोरो स्थित थम्पसन पार्कमा सम्पन्न भएको छ । दुई चरणमा गरि सम्पन्न सो कार्यक्रममा पहिलो चरणमा साधारण सभा र दोश्रो चरणमा बारबिक्यु सहित पन्चे बाजामा उपस्थित सदस्यहरु तथा आमन्त्रित शुभचिन्तकहरुले मनोरन्जन लिएका थिए ।

संस्थाका अधक्ष्य दुर्गा अधिकारीको सभापतित्व मा सम्पन्न सो सभामा सल्लाहकार डा. कृष्ण के सि र गणेश खत्रीले आ-आफनो मन्तव्य राख्नु भएको थियो भने उपाधक्ष्य ईश्वर चन्द राजनले स्वागत मन्तव्य दिनुभएको थियो । संस्थाको परम्परा अन्तर्गत नव-आगन्तुक सदस्यलाई स्वागत र अविभावकहरुलाई अभिनन्दन गरिएको थियो ।

महासचिव हरि के सि वार्षीक प्रतिबेदन र कोषाधक्ष्यले आय-व्यय को विबरण प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम संयोजक लक्ष्मण पाण्डेले संस्थाका गतिबिधिहरुको बारेमा बताउनु भएको थियो । सभा पछि स्वादिस्ट बारबिक्यु चिकन, मकै, अचार, चट्नी, पुलाउ, मटन उपलब्ध गराईएको थियो  भने सबैले स्वादिस्ट मानेर खाएका थिए ।