बाग्लुङ सेवा समाज क्यानडाले तराईका बाढी पिडितहरुको सहयोगलो लागी धुर्मुश सुन्तली फाउन्डेशन मार्फत १ लाख ६४ हजार रुपैया सहोयग प्रदान गरेको छ । संस्थाका सल्लाहकार केशब सापकोटाले फाउन्डेसनको कार्यालयमा पुगी सहयोग हस्तान्तरण गर्नु भएको थियो । उक्त सहयोग संस्थाका सदस्यहरु, शुभचिन्तकहरु र आकास्मिक कोषबाट प्रदान गरिएको हो ।

