सेप्टेम्बर २१, २०२५ का दिन स्कारबोरोमा, टोरोन्टोमा सम्पन्न बागलुङ सेवा समाज क्यानडाको तेर्हौ साधारण सभाले याम खत्रीलाई आगामी ३ बर्षको लागी निर्बिरोध निर्वाचित गरेको छ । यसै गरि सुरेश गौतम महासचिवमा निर्बिरोध चुनिएका छन भने गोपाल कंडेल कोषाध्यक्षमा चुनिएका छन ।

बागलुङ गल्कोट मुल घर भई बिगत लामो समय देखि टोरोन्टमा स्थायी रुपमा बसोबास गर्दै आएका खत्री संस्था स्थापनाका मध्येका एक सदस्य हुन । यस अघि उपाध्यक्ष, खेलकुद संयोजकको समेत सफलता पुर्वक भुमिका निर्वाह गरेका छन । खत्रीले एनआरएन क्यानडाको कोषाध्यक्षको जिम्मेवारी सफलता पुर्वक सम्पन्न गरि प्रत्यक्ष वा पोरक्ष रुपमा क्यानडामा रहेका बिभिन्न संस्थाका काम गरिसकेका छन । पेशागत रुपमा खत्री रेष्टुरेन्ट व्यबासायमा संलग्न छन ।

बागलुङ ताराखोला मुल घर भई अहिले टोरोन्टोमा स्थाई बसोबास भएका सुरेश गौतम महासचिब पदमा निर्वाचित भएका छन । गौतमले यस अघि नेपालीज क्यानेडियन ब्लड डोनर्स एसोसियसनको कुशलता पुर्वक नेतृत्वगरि अहिले अन्तराष्ट्रिय नेपालीज ब्लड डोनर्स एसोसियसनको जिम्मेवारीका साथै अन्य व्यबसायीक जिम्मेवारीमा संलग्न हुनुका साथै पेशाले युनिभर्सिटी हेल्थ नेटवर्कमा मेडिकल ल्याब टेक्नोलोजिस्टको रुपमा काम गर्दै आएका छन । संस्था स्थापक सदस्य, सचिब र सांस्कृतिक संयोजकको रुपमा सफलता पुर्बक काम गरेको अनुभव गौतम सँग छ ।

बागलुङ काटेखोला (बिहुँ) मुल घर भई हाल टोरोन्टोमा स्थाई बसोबास भएका गोपाल कंडेल कोषाध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका छन । यस अघिको कार्यकालमा सचिव पदमा रहि काम समेत गरेका थिए । र बित्त संग सम्बन्धी अध्ययन र काम गर्दै आएका छन । अधिवेशनबाट नेतृत्व चयन गर्नको लागी स्थापक अध्यक्ष एवम संरक्षक दुर्गा अधिकारीले निर्वाचन अधिकृतको भुमिका निर्बाह गरेका थिए ।

साधारण सभाले निवर्तमान महासचिव माधव गौतमलाई उपाध्यक्ष, यसैगरि महिला उपाध्यक्षमा सरिता सुवेदीलाई निर्वाचित गरेको छ भने सदस्यहरुमा नविन सापकोटा, डा डिल्ली शर्मा, टिकाराम निउरे, दुर्गा आचार्य र कृष्णा बोहरालाई निर्वाचित गरेको छ । निर्वाचित पदाधिकारीको पहिले बैठकले पुर्व महासचिव एवम खेलकुद संयोजक लक्ष्मण पाण्डेलाई उपाध्यक्ष र कार्यक्रम संयोजकमा पुन निवर्तमान कार्यक्रम संयोजक राजन खत्रीलाई जिम्मेवारी दिएको छ ।

साधारण सभामा बिशिष्ठ पाहुनाको रुपमा गणेश खत्री, हर्क पाण्डे र रामदत्त गौतम, पाहुनाका रुपमा टोरोन्टोमा अवस्थित बिभिन्न सामाजीक संस्थाहरुका अध्यक्षहरु – टोरोन्टो नेपालीज स्पोर्टस क्लबबाट रबिन्द्र लम्साल, पिएनसिसिसि बाट निलकण्ठ पौडेल, चितवन समाजबाट डा. कन्चन देवकोटा, नेपाली साहित्य समाजबाट मोहन खरेल, एनसिसिएसबाट अध्यक्ष बिना बर्मा र महासचिव सुदर्सन सापकोटा, नेपालीज ब्लड डोनर्स एसोसियसनबाट अध्यक्ष लिला पाण्डे र महासचिव दिपेन रावतले शुभकामना सन्देश दिएका थिए ।

अध्यक्ष हरि के सी को सभापतित्व र महासचिव माधब गौतमको संचालनमा सम्पन्न अधिबेशनले संस्थाका बार्षिक प्रतिवेदन पास गर्नुका साथै छात्रवृति कार्यक्रममा प्रायोजन गर्नुहुने महानुभावहरुलाई प्रशंसा पत्र बितरण गरिएको थियो ।