अन्तर्राष्ट्रीय बाग्लुङ समाजको प्रथम अधिबेशन सम्पन्न भएको छ । सो अधिबेशनले एकराज गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नोभेम्बर ७ गते भर्चुवल्ली सम्पन्न भएको सो अधिबेशनले संसार भर छरिएर रहेका बाग्लुङेहरुलाई संगठित गर्ने उद्देश्य लिएको छ । अधिबेशनले चार उपाधक्ष्य, महासचिव, सचिव, कोषाध्यक्ष लगाएत सदस्यहरु छनोट गरेको हो । सो समितीमा क्यानडाबाट दिपक गौतम उपाधक्ष्यमा निर्वाचित भएका छन भने नोभेम्बर १५ मा बसेको पहिले बृहत बैठकले सल्लाहकारमा बाग्लुङ सेवा समाज क्यानडाला संस्थापक अधक्ष्य दुर्गा अधिकारी र उपाधक्ष्य गिरी बुढाथोकिलाई मनोनयन गरेको छ । यसै गरि देविका केसिलाई सचिवमा मनोनित गरेक छ ।