बाग्लुङ सेवा समाज क्यानडाले कोभिड-१९ को महामारीको प्रभावलाई न्युनिकरण गर्नका लागी कुल चारहजार पाँचसय डलर बराबरको सहयोग प्रदान गरेको छ । संस्थाको आकस्मिक सहयोग कोष र सदस्यहरुबाट संकलित सहयोग रक़म बिभिन्न माध्यमबाट नेपाल पठाईएको हो ।

सन २०२० मा पहिलो चरणको महामारीमा बाग्लुङमा अबस्थित प्रादेशिक अस्पताललाई चाहिने अत्याबस्यक स्वास्थ्य सामग्री खरिदगर्न नेपाली पचासहजार (५५० डलर) पठाएर शुरु भएको थियो । महामहारीको दोश्रो लहरले नेपाल एकदमै प्रभावित भएपछि पुन: सहयोग संकलन गरि पठाईएको हो । दोश्रो लहर शुरु भए पछि बाग्लुङमा अवस्थित प्रादेशिक अस्पताललाई अन्तरास्ट्रिय बाग्लुङ समाज मार्फत १ लाख रुपैया (११०० क्यानेडियन डलर), एनआरएन क्यानडाको संयौजनमा नेपाल पठाउन २ वटा अक्सिजन कन्सन्ट्रेटरका लागी २ हजार क्यानेडियन डलर, गल्कोट नगरपालिका र ताराखोला गाउँपालीकाको कोभिड आईसोलेसन अस्पताल सुदृढिकरणका लागी ५५० क्यानेडियन डलर र बढीगाड गाउँपालिका को स्वास्थ्य चौकिका लागी ४० हजार रुपैया (४५०) डलर सहयोग हस्तान्तरण गरिएको छ ।

यस महामारिमा जीवन रक्षाकोलागी सहयोग संकलनमा सहयोग गर्ने सबैलाई संस्था धन्यबाद दिन चाहान्छ ।