बाग्लुङ सेवा समाज क्यानडाको सकृयतामा स्वर्गिय प्रदिप सुवेदीको अन्तिम संस्कार र परिवारलाई सहयोगको लागी गोफन्डमी मार्फ़त संकलित ३०,९०५ (तीसहजार नौसय पाँच) क्यानेडियन डलर सहयोग रकम जुना सुबेदी खराललाई हस्तान्तरण गरिएको छ । उक्त रक़म गोफन्डमीको सर्भिस शुल्क कटाएर आएको हो ।

३३ बर्षका प्रदिपको जनवरी १७, २०२२ गतेका दिन माईकल ग्यारन अस्पताल ईस्ट योर्कमा हृदयघातबाट असमायिक निधन भएको थियो । उनी बिगत ३ बर्ष देखि क्यानडामा स्थायी बासिन्दाका रुपमा ४ बर्षिया छोरी र श्रीमतिका साथ बस्दै आएका थिए । उनको अन्तिम संस्कार, काजक्रिया र श्रीमति – छोरीका लागी बाग्लुङ सेवा समाज क्यानडाले गोफन्डमी मार्फत सहयोग संकलन गरेको थियो । उक्त अभियानमा संसारभरका ४९० जना सहयोगीले आर्थिक सहयोग गरेका थिए ।

उक्त रक़म संकलन ४८ घण्टा भित्र भैसकेको थियो । GoFundMe को केहि प्राबिधिक समस्याका कारण संकलित रकम GoFundMe ले सोझै जुना सुबेदी खरालको बैङक खातामा जम्मा गरिदिएको थियो । उक्त संकलित रकमबाट ८,०००।०० डलर अन्तिम संस्कार र क्रियाकर्मको लागी खर्च भएको थियो ।

सो रकम बैङ्का अम्मा भएपछि यो अभियानमा जोडिएर सहयोग गर्ने सम्पुर्ण सहयोगि मनहरुलाई श्रीमति जुना सुबेदी खरालले हार्दीक धन्यबाद दिएकी छन । यो रकमले गुमेको सिन्दुर र श्रीमान त फर्किदैनन तर पनि यो पराय भुमीमा केहि समय जीविकोपार्जन गर्न सहयोग गर्नेछ । बाग्लुङ सेवा समाज क्यानडा पनि सम्पुर्ण सहयोगीमनहरुलाई हृदयदेखी हार्दीक धन्यबाद दिन चाहान्छ । तलको लिंकमा सहयोगीहरु र सहयोग रकमको पुरा बिवरण हेर्न पाईन्छ ।

https://www.gofundme.com/f/fundraising-for-funeral-cost-for-pradip-subedi