बाग्लुङ सेवा समाज क्यानडाले यहि शैक्षिक सत्र देखी लागु हुने गरि संचालन गर्न लागेको छात्रवृति कार्यक्रमको घोषणा गरेको छ । बाग्लुङ र गुल्मी जिल्लामा गरि कुल चार जना छात्रा तथा छात्र लाभान्वित हुने सो योजनामा देहायका बिधार्थीहरु पुरस्कृत भएका छन् । पुरस्कृत बिधार्थीहरुले बार्षीक जनही पाँच हजार रुपैयाँ छात्रवृति रकम पाउने छन भने सो कार्यक्रमको अनुगमन बाग्लुङ सेवा समाज क्यानडाका स्थानिय प्रतिनिधिको नेत्तृवमा ३ सदस्यीय समितिले गर्नेछ ।

१. सीमा नेपाली

कक्षा – ७

खरुवा मा. बि., हटिया- ७, बाग्लुङ

२. कर्ण बहादुर खत्री

कक्षा – ८

नेपाल मा. बि., तारा, बाग्लुङ

३. डिलाराम चालिसे

कक्षा – ७

श्री शारदा विद्या मन्दिर मा.वि. वामी मैदान

गुल्मी

४. दिपक पुन

कक्षा – ४

जनता मा. बि. राजकुट

राजकुट, बाग्लुङ