आउँदो जुन १ गतेका दिन बागलुङ सेवा समाज क्यानडाले नेपालीज ब्लड डोनर्स एसोसिएसन सँगको समन्वयनमा रक्तदान तथा प्लाज्मा दान कार्यक्रम गर्दैछ । बागलुङ सेवा समाज क्यानडाले नेपालीज ब्लड डोनर्स एसोसिएसन सँगको समन्वयनमा रक्तदान गर्न लागेको यो दोश्रो पटक हो । कार्यक्रम बिहान १० बजे देखि दिउसो २ बजे सम्म हुनेछ ।

सो अवसरमा २० जनाले रक्तदान तथा प्लाज़्मा दान गर्न सक्ने छन भने कार्यक्रम क्यानेडियन ब्लड सर्भिसेजको कार्यालय स्कारबोरोमा हुनेछ । रक्तदान गर्न ईच्छुक व्यक्तिले बागलुङ सेवा समाज क्यानडाका अध्यक्ष हरि केसि, एनबिडए क्यानडाका अध्यक्ष सुरेशराज गौतम, माधव गौतम, दिपेन रावत क्षेत्री एवम् भवि न्यौपानेलाई सम्पर्क गरि आफ्नो नाम दर्ता गर्न सक्नुहुनेछ । सम्पर्क नम्बरहरु तलको फ्लायरमा उपलब्ध छन ।

एनबिडए क्यानडा क्यानेडियन ब्लड सर्भिसेजको साझेदारी संस्था हो ।