यहि अगस्त २७ र २८ गते मनितोबाको विनिपेगमा सम्पन्न एनआरएन-क्यानडा कप भलिबल प्रतियोगितामा बागलुङ सेवा समाज क्यानडा च्याम्पियन भएको हो । प्रतियोगितामा क्यालगरीको टिम एभरेस्टलाई २-० ले पराजित गर्दै एनआरएन क्यानडाले आयोजना गरेको दोश्रो संस्करणको भलिबल प्रतियोगिता जित्न सफल भएको हो । बिजेतालाई क्यानडाका लागी नेपाली राजदुत महामहिम भृगु ढुंगाना र एनआरएन ग्लोबलका सचिब चिरनजीबि घिमेरे र एनआरएन क्यानडा खेल संयोजक लक्ष्मण पाण्डेले संयुक्त ३ हजार डलर नगद, ट्रफी र मेडल प्रदान गरेका थिए । खेलभर अपराजित रहँदै खेलको उपाधी जिेतेको हो ।

एनआरएन क्यानडाको १५ बार्षिक साधारण सभा, भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रममा कुल क्यानडाभरी बाट ६ टीम सहभागी भटका थिए । खेलमा बागलुङ सेवा समाजका खेलाडी हितु थापाले उत्कृष्ट खेलाडीको उपाधी जितेका छन । आफ्नो दैनिक काम र पारिवारिक व्यस्थताका बाबजुद पनि विनिपेग पुगि भलिबल प्रतिको संस्थाको लगावलाई पुस्टी गर्ने सम्पुर्ण खेलाडी एवम व्यबस्थापक सबैलाई हामी हार्दिक धन्यबाद दिन चाहान्छौं । २०२२ मा २ वटा प्रतियोगिताको बिजयी बन्न सफल भलिबल टीमलाई हार्दिक बधाई दिदै हामीलाई निमन्त्रणा गरि खेल्ने मौका दिनु भएकोमा एनआरएन-क्यानडा प्रति हार्दिक आभार ब्यक्त गर्दछौं ।