कोभिड-१९ महामारीको कारण रोकिएको बाग्लुङ सेवा समाज क्यानडाको २०२० को छात्रवृति नियमित हुने भएको छ । हालै बसेको संस्थाको बोर्ड बैठकले १६ जना छात्र-छात्रालाई यस शैक्षिक सत्रका लागी छात्रवृति वितरण गर्ने निर्णय गरेको हो ।

निर्णय बमोजिम यो शैक्षक सत्रमा ९ र १० कक्षाका बिधार्थीले जनहि नेरु ८५००।- र ८ कक्षा देखि तलका बिधार्थीले जनहि ७५००।- नेरु छात्रवृति पाउनेछन । कोभिड-१९ का कारण यो शैक्षिक सत्रमा नयाँ छात्रवृति थप नगरिने बोर्ड बैठकले निर्णय गरेको छ ।