टोरोन्टो, अग्सत ८, २०१८ ।

यहि अगस्त ६ गते टोरोन्टोमा संस्थाको सातौं बार्षीक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका अधक्ष्य दुर्गा अधिकारीको सभापतित्व, उपाधक्ष्य भवि न्यौपानेको स्वागत मन्तव्य, कार्यक्रम संयोजक लक्ष्मण पान्डेको कार्यक्रम बिबरण र सचिव दुर्गा पौडेलको संचालनमा सम्पन्न सो साधारण सभाले १७ सदस्सीय कार्यसमिति चयन गरेको छ ।

टोरोन्टोको विलकेट क्रिक पार्कमा आयोजित साधारण सभा र पिकनिक कार्यक्रममा आजीवन तथा साधारण सदस्यहरु, पाहुना तथा शुभचिनत्कहरुको ठुलो उपस्थिति रहेको थियो । कार्यक्रमलाई अविभावकहरुको तर्फबाट हर्क पान्डे, आर्थिक सहयोगिको तर्फबाट रिलाएन्स ल फर्मका रमेश कार्की र संस्थाका सदस्य तथा जनजाती एसोसियसन क्यानडाका अध्यक्ष गिरि बुढाथोकीले शुभकामना मन्तव्य राखेका थिए भने सल्लाहकारको तर्फबाट डा. कृष्न केसिको शुभकामना सन्देश बाचन गरिएको थियो । सभाले महासचिवको बार्षीक प्रगति प्रतिवेदन, कोषाधक्ष्यको आर्थिक प्रतिवेदन पास गरेको थियो ।

यसै गरि सदस्यहरुको साधारण सभाले संस्थाको बिधानमा बिद्यमान कार्यकारी समितिको प्राबधानमा संसोधन गरि कार्यकारी समितिमा निवर्तमान अधक्ष्य पदेन सदस्य हुनु पर्ने उपधक्ष्य भवि न्यौपानेको प्रस्ताबलाई एकमतले पारित गरेको थियो ।

सभामा संस्थालाई आर्थीक सहयोग पुर्याउने महानुभावहरुलाई प्रमाण पत्र द्धारा सम्मानित गरेको थियो ।यसैगरि पारिवारिक भेटघाटको लागी क्यानडा आउनुभएका अविभावक साथै नवआगन्तुकहरुलाई खादा ओढाएर सम्मान गरिईएको थियो ।

कार्यक्रममा बार-बि-क्यु तथा अन्य स्वादिस्ट खानाका परकारिहरु उपलब्ध गराईएको थियो ।

निर्वाचन आयुक्त हरि के सि ले नयाँ आगामी २ बर्षे कार्यकालका लागी कार्यसमिति छनोटको नेतृत्व गर्दै भवि न्यौपाने अध्यक्ष, याम खत्री र आनन्द अर्गेजा उपाधक्ष्य, निवर्तमान अधक्ष्य दुर्गा अधिकारी, लक्ष्मण पान्डे महासचिव, सुरेशराज गौतम सचिव, माधब गौतम कोषाधक्ष्य र रोशन बोहरा कार्यक्रम संयोजकको छनोट गरेको हो । यसै गरि सदस्यहरुमा लक्ष्मण सुवेदी, राजन खत्री, शीला पन्त, सीता सापकोटा, दुर्गा पौडेल, अशोक पौडेल, सन्तोष थापा, सुरेन्द्र ढकाल, निलकमल श्रेष्ठ छन । नयाँ समिती गठन सँगै निवर्तमान र पुर्व उपाधक्ष्य ईश्वर चन्द राजन  र गिरी बुढाथिकिलाई संस्थाको सल्लाहकारमा मनोनित गरिएको छ । सल्लाहकार समितीमा गणेश खत्री, डा. कृष्न के सी, केशब सापकोटा सहित पाँच जना रहेका छन ।

अपरान्हमा आएको आकस्मिक पानीको कारण कार्यक्रमलाई पाटियो बैंकेट हलमा गरिएको थियो ।