टोरोन्टो, जुलाई २५ । बाग्लुङ सेवा समाज क्यानडा र टोरोन्टो नेपालीज स्पोर्ट्स कल्बको आयोजनामा ग़ैर-आवासिय नेपाली संघ क्यानडाको संयोजनमा आयोजित नेपली खेल महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । महोत्सवमा खेलका ३ बिधाहरु – भलिबल (पुरुष र महिल), उमेर समुह अन्तरगत १० -१५ बर्षका केटा-केटी र महिला-पुरुष – १०० मिटर र २०० मिटर का साथै लुठो तान्ने प्रतियोगिता समाबेश गरिएको थियो ।
कार्यक्रमको उद्धाटन स्कारबोरो साउथवेस्टका मेम्बर अफ प्रोभिन्सियल पार्लियामेन्ट सदस्य डली बेगम, महोत्सवका टाईटल प्रायोजक एवम् ऐभरेस्ट ग्रुपका अधक्ष्य मदन केसी, एनआरएनएका सचिव चिरनजीवि घिमिरे, एनआरएन क्यानडाका अध्यक्ष दिपक गौतम, प्रभु क्यापिटल र महालक्ष्मी लाईफका निर्देशक भुपिन्द्र खत्रीका साथै प्रायोजकहरुको सहभागिता थियो । कार्यक्रममा टोरोन्टोका लागी नेपाली अवैतनिक बाणिज्य दुत डाङ कुन्जर शर्माको पनि उपस्थिती रहेको थियो । खेलकुदको संयोजन एनआरएन क्यानडाका खेल संयोजक एवम बागलुङ सेवा समाज क्यानडाका पुर्व महासचिव, वर्तमान कार्यसमिती सदस्य लक्ष्मण पाण्डेले गरेका थिए ।
कुल १३ टिम सहभागी भलिबल प्रतियोगितामा च्यापियन अमेरिकाको अमेरिका तनहुँ समाज, रनरअप योङ ब्लड ह्यारिसबर्ग र तेस्रो मिसिसागा क्यानडाको लाङघाली कल्ब बनेको थिए । च्याम्पियनले ट्रफि, मेडल र ६ हजार क्यानेडिन डलर पुरस्कार, द्धितिय हुनेले ४ हजार क्यानेडियन डलर र मेडल र तृतिय हुनेले २ हजार क्यानेडियन डलर र मेडल पाएका थिए भने सो पुरस्कारको हस्तान्तरण एभरेस्ट ग्रुपका अधक्ष्य मदन केसी, उद्दमी राजन खत्री र भिन्डालु रेस्टुरेन्टका संचालक रोशन बोहोराले गरेका थिए । कुल ४ टिम सम्मिलित महिला समुह अन्तरगत भलिबल च्यामपियन आयोजकको रातो टिम भएको थियो भने बिजेताले ६ सय डलर, कप र मेडल पाएका थिए । यस्तै दोस्रो टिम आयोजक पहेंलो भएको थियो भने उपबिजेताले मेडल र ३ सय डलरको पुरस्कार पाएको थियो । उपबिजेताको पुरस्कार प्रायोजन रियलटर कर्ण बटलाले गरेका थिए ।
यसै गरि निकै रोचक र प्रतिस्पर्धात्मक लुठो तान प्रतियोगितामा स्कुईड टिम प्रथम र लांघाली टिम दोस्रो भएका थिए । बिजेता र उपबिजेताले मेडल प्राप्त गरेका थिए । दौडका खेलमा – १० – १५ बर्षको केटा समुहमा आर्यन महतो प्रथम र आलोक सुबेदी द्धितय, १५ बर्ष माथीका २०० मिटर दौडमा सार्दुल श्रेस्ठ प्रथम र हिमाल थापा द्धितय भएका थिए । १५ बर्ष मुनीका केटीको दौडमा प्रेयन्सु पौडेल प्रथम र ईला पोख्रेल द्धितिय भए भने १५ बर्ष माथिका उमेर समुहमा शुसिलता सापकोटा प्रथम र रुसा केसी द्धितिय बनेका थिए । बिजेता र उपबिजेता सबैले गोल्ड र सिल्भर मेडल प्राप्त गरे ।
कार्यक्रमलाई व्यवस्थित गराउन दर्जनौ स्वयमसेवीहरु खटिएका थिए भने भिन्डालु रेस्टुरेन्ट र मोमो टाईमले फुड भेन्डरको रुपमा दिउँसो खाना बेचेका थिए । सो उत्सवमा खेल प्रायोजकहरु, समाज सेवीहरु, बिभिन्न सङघ संस्थाका प्रतिनिधिहरु, खेल प्रेमीहरु उत्साहका साथ उपस्थित भएका थिए । बिहान ९ बजे शुरु भएको खेल साँझ ९ बजे भव्यताको साथ सम्पन्न भएको थियो । नेपाल टच, गल्बोल टिभि क्यानडा र नेपाल टिभि क्यानडाले मिडया सहयोगीको रुपमा काम गरेका थिए । खेललाई लजिस्टिक सहयोग ओन्टारियो भलिबलबाट प्राप्त भएको थियो ।






