जुलाई ७, २०१८ ।

बाग्लुङ सेवा समाज क्यानडाको दोश्रो नेपाल क्यानडा कप भलिबल प्रियोगिता यहि जुलाई २ गते टोरोन्टोमा सम्पन्न भएको छ । प्रत्येक बर्ष क्यानडा डे को अवसरमा संचालन हुने सो आयोजना मा यो साल ८ समुह  सहभागी भएका थिए । सहभागी समुहहरु मध्ये अमेरिकाको रोचेस्टरबाट आएको मामा-भान्जा स्पोर्टस कल्बले प्रतियोगीताको उपाधी सहित रु १५०० क्यानेडियन डलर पुरस्कार जितेको छ भने मिसिसागाको लालीगुराँस कल्बले दोश्रो स्थान सहित १००० डलर पुरस्कार  प्राप्त गरेकोछ ।

प्रमुख अतिथि एनआरएन-क्यानडाका खेलकुद संयोजक पाण्डु श्रेष्ठ, संस्थाक प्रबक्ता रबिन्द्र घिमिरे र आयोजक संस्थाका अध्यक्षबाट संयुक्त उद्धाटन भएको खेलमा राजकुमार चौहानले मुख्य रेफ्रिको भुमिका निर्बाह गर्नुभएको थियो भने केदार भट्टराईले नम्बर गणनाको काम गर्नु भएको थियो । खेल संचालनका लागी गोपाल पुन, पुजन गुरुङ, बिदुर केसी र राजकुमार गुरुङ लगाएतले रेफ्रीको भुमिका निर्बाह गर्नु भएको थियो ।

खेलमा मोस्ट भ्यालुएबल खेलाडीको उपाधी बाग्लुङ सेवा समाज क्यानडाका खेलाची आशिष पौडेलले जित्नु भएको छ । आयोजनामा उपस्थित खेलाडी र दर्शकहरु सबैलाई खाजा तथा खाना उपलब्ध गराईएको थियो । खेल सम्पन्न गर्नका लागी संस्था सदस्यहरु दिनभर खटेर लागेका थिय ।