जन्म थलो बाग्लुङ भई वा बाग्लुङ जील्ला संग घनिष्ठ सम्बन्ध रहि बिभिन्न समयमा क्यानडा आई बिबिध पेशा र व्यबसाय गर्दे आएका आप्रबासीहरुको साझा थलो बाग्लुङ सेवा समाज क्यानडा हो । स्थापना देखी अहिले सम्म संस्थाले प्राकृतिक बिपतिमा राहत बितरण, समाज सेवा, खेलकुद र शिक्षा क्षेत्रमा काम गर्दै आईरहेको छ । सन २०११ मा स्थापना भएको संस्थामा अहिले सम्म ५६ जनाले आजीवन सदस्यता लिईसकेका छन । नवौं बार्षिक साधारण सभा यहि सेप्टेम्बर ६ गतेका दिन आव्हान गरिएको छ । यो साधारण सभाले आगामी दुई बर्ष २०२१ – २०२३ को लागी नयाँ कार्य समितीको निर्वाचन गर्नेछ ।

कार्यक्रममा सहभागितको लागी संस्थाका सम्पुर्ण सदस्यहरुलाई आव्हान गरिएको छ भने संस्थाको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पनि सदस्यहरुको जानकारीको लागी पठाएसकिएको छ । आउदो बार्षक साधारण सभामा बिधान संसोधन र आगामी बर्षका लागी नयाँ कार्यक्रम घोषणा गर्ने तयारी गरिएकोले सम्पुर्ण सदस्यहरुलाई उपस्थितीको लागी पुन: हार्दिक अनुरोध छ । बार्षिक साधारण सभा पछि तीजको कार्यक्रम रहेको छ । तीजको कार्यक्रम संस्थाका महिला दिदी-बहिनीहरुको संयोजनमा हुदैछ ।

साधारण सभा मिती, स्थान र समय: सेप्टेम्बर ६ गते सोमबार (लेबर डेका दिन), थम्पसन मेमोरियल पार्क, स्कारबोरो स्पट नम्बर डी

समय: दिउँसो ११ बजे देखी ३ बजे सम्म । ३ बजे पछि तीजको कार्यक्रम साँझ ९ बजे सम्म

Location Map: https://goo.gl/maps/fkRnbyvYNo6CduwGA