यहि जुलाई ३० गते मगर संघ क्यानडाले आयोजना गरेको चौथो लखनथापा कप भलिबल प्रतियोगितामा बागलुङ सेवा समाज क्याडा च्याम्पियन भएको हो । अत्यन्तै प्रतिस्प्रधात्मक फाईनल खेलमा बागलुङले आयोजक मगर सँघ क्यानाडालाई ३-२ ले पराजित गरेको हो । प्रतियोगिताको उपाधी जित्न भुपिन्द्र भण्डारी नेतृत्वको बागलुङ समाजले प्रतियोगिताका सबै खेलमा बिजय निकाल्दै च्याम्पियन बनेको थियो भने आयोजकले टोरोन्टो हिमालयन कल्बलाई पराजित गरि फाईनलमा प्रबेस गरेको थियो ।

बिजेताले पुरस्कार स्वरुप क्यानेडियन एक हज़ार डलर, ट्रफि र मेडल पाएका थिए । संस्थाका तर्फबाट उपाध्क्षय आनन्द श्रेष्ठले टीम व्यबस्थापकको जिम्मेवारी निभाएका थिए भने भुपिन्द्र भण्डारी, हितु थापा, आषिस पौडेल, याम खत्री, अस्मिन श्रेष्ठ, सुजन बोहरा, एल्भिन बस्नेत र सुजन सर्मा खेलेका थिए ।

लखन थापा मेमोरियल कप भलिबल प्रतियोगिताको बिजेता बागलुङ सेवा समाज क्यानडा | जुलाई ३०, २०२२