गत बैसाख १२ र २९ गते गएको प्रलयकारि महाभुकम्पबाट प्रभावित जनता तथा समुदायलाई सहयोग गर्नको लागी बाग्लुङ सेवा समाज क्यानाडाले कोष संकलन गर्दै आएको छ । आज सम्म सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरु, व्यबसाय तथा शुभचिन्तकहरुमा हार्दीक धन्यबाद दिन चाहान्छौं । सो संकलित कोष बाट अति प्रभावित क्षेत्रमा सहयोग गर्ने उद्धेश्य अनुरुप नुवाकोट जिल्लाको दुईपिपल गाबिस -७ महादेब खर्क अवस्थित पुर्ण क्षतिग्रस्त गौलिङ्गेश्वर मा. वि. का ११ वटा कक्षा कोठा निर्माण गरि विधालय संचालनका लागी सहयोग गर्न लागेको छ । यो बिपतको घडीमा भुकम्प प्रभावित समुदायमा राहत पुर्याउनका लागि समुदायमा प्रत्यक्ष सहभागि भई उनिहरुको पिडा कम गर्ने प्रयास गरेका छौ । बिधालय संचालनका लागि अस्थाइ कक्षा कोठा निर्माण गर्न मेगा एडभेन्चर प्रा लि र यसका कर्मचारिको स्वयसेवि भुमिका रहने छ भने मेगा एडभेन्चरले समन्वयकारि भुमिका खेलेको छ । बिस्तृत समाचारको लागी तलको लिङ्क क्लिक गर्नुहोस ।

 क्षतिग्रस्त बिधालय, असुरक्षित भनि टाँसिएको स्टिकर, र अनुगमनका क्रममा दुर्गा अधिकारी, बिधालयका प्रधानाध्यापक र स्वयसेवी साथीहरु

http://www.nawasandesh.com/archives/8613.html