‘भातृत्व र सामाजीक सद्भाव’ भन्ने मुल भावना सहित बाग्लुङ सेवा समाज क्यानडाले आउँदो मे २२, २०२२ गतेका दिन चौथो ‘स्ट्रिट मोमो’ नेपाल क्यानडा भलिबल प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ । सन २०१७ देखी शुरु गरेको उत्तर अमेरिकाव्यापी भलिबल प्रतियोगिता कोभिड महामारीका कारण २०२० र २०२१ मा आयोजना भएको थिएन ।

भलिबलको चौथो संस्करण प्रतियोगिताको टाईटललाई ‘रियल फुड, रियल टेस्ट’ स्ट्रिट मोमो ले प्रायोजन गरेको छ । बिहान ८:३० बजे देखी साँझ ९ बजे सम्म टोरोन्टोको स्कारबोरोमा आयोजना हुने भलिबल प्रतियोगितामा क्यानडा र अमेरिकाका टिमहरु सहभागी हुनेछन । सहभागीतको लागी सबै टीमहरुलाई निमन्त्रणा पठाई सकिएको छ भने संस्थाले प्रतियोगितालाई व्यबस्थित, अनुशासित र मर्यादित बनाउनका लागी आबस्यक तयारी शुरु गरेको जानकारी गराउँछौ ।

कार्यक्रमलाई व्यवस्थित बनाउन लक्ष्मण पाण्डेको संयोजकत्व र हरि केसीको सह-संयोजकत्वमा खेल आयोजक समिती, दुर्गा अधिकारीको संयोजकत्वमा खेल प्रायोजन समिती र आनन्द श्रेष्ठ र रोशन बोहोराको संयोजकत्वमा खाना र लजिस्टिक्स व्यबस्थापन समिती गठन गरिएको छ ।

यसै गरि मे २३ गतेका दिन बार-बि-क्यु, प्रायोजक, खेलाडी सम्मान, पुरस्कार बितरण साथै मनोरन्जनात्मक कार्यक्रम स्कारबोरो स्थित थम्पसन मेमोरियल पार्कमा राखिएको छ । उक्त दिनको खानाको व्यबास्थापनमा सन्तोष थापा, याम बस्नेत र साथीहरु, मनोरन्जनमा गोपाल कंडेल र सन्दिप पौडेल एवम् स्वयसेवी व्यबस्थापनमा सुदर्शन सापकोटाले संयोजकको भुमिका निर्वाह गर्नुहुनेछ ।

कार्यक्रमलाई अनुशासित र मर्यादित रुपमा आयोजना र सम्पन्न गर्नका लागी संस्थाका सम्पुर्ण सदस्यहरु, सल्लाहकारहरु, क्यानडाबासी सम्मपुर्ण नेपाली दाजु-भाई दिदी-बहिनी, सामाजीक संघ-संस्था र व्यबसायीहरु व्यक्तिहरु एवम् व्यवसायी संस्थाहरु, संचारकर्मी साथिहरु सबैमा हार्दिक अनुरोध गर्दछौं ।