हालै भोटेकोशीमा आएको बाढीबाट प्रभावितको सहयोगको लागी बागलुङ सेवा समाज क्यानडाले संकलन गरेको कुल ४,३०९।०० क्यानेडियन डलर सहित संस्थाले यसमा कुल संकलित रकमको २५% बराबर १०७७।२५ क्यानेडियन डलर आपतकालिन कोषबाट थप गरि प्रधानमन्त्री दैवि प्रकोप तथा राहत कोषमा जम्मा गरेको छ । सो रकम संकलनार्थ संस्थाका पदाधिकारीहरु, सदस्यहरु र शुभचिन्तकहरुले स्वएच्छाले सहयोग गरेका छन । संस्थाले उक्त कार्यका लागी मनै देखि सहयोग गर्नुहुने मनकारी सबै दाताहरुप्रति हार्दिक धन्यबाद एवम आदर व्यक्त गरेको छ ।
संस्था स्थापना काल देखि नेपालमा घटेका ठूला तथा साना प्राकृतिक प्रकोपका घटनाहरुमा संस्थाले राहत कार्यमा सहयोग पुर्याउदै आएको छ ।


