टोरोण्टो निवासी सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरु,

हस्तलिखित राहदानीको म्याद नोभेम्बर २०१५ सम्म रहेको र त्यति समय सम्म सम्पुर्ण हस्तलीखित  राहदानी बाहकले मशिन रिडेवल पासपोर्ट लिईसक्नु पर्ने भन्ने पटक पटकको नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा नेपाली राजदुताबास क्यानडाका सूचना तथा जानकारीहरुले स्पस्ट पारि सकेका छन । परराष्ट्र मन्त्रालय, राहदानी बिभागले अहिले सम्म हस्तलिखित फारम बुझ्दै आएता पनि अब उक्त फारम नबुझ्ने र सबै निवेदकहरुले कम्प्युटरबाट भरेको मात्र बुझ्ने भन्ने जानकारीले केहि जटिलता थपेको छ । हस्तलिखित फारम भर्नको लागी नेपाली राजदुताबास अटोवा ले क्यानडा भरि छरिएर रहेका नेपाली समुदायमा फारम बितरण गर्नुका साथै क्लिनिक संचालन गरेता पनि बिभिन्न त्रुटिका कारण प्रस्सतै फारम रद्ध भएको कुरा एउटा अनौपचारिक कुराकानीमा कार्यबाहक राजदुत श्री दिलिप कुमार पौडेल ज्युबाट बाट जानकारीमा आएको थियो । एकातिर फारमको बिसिष्टिकरण र अर्को तिर A4 साईजको पेपरमा मात्र प्रिन्टिङ स्पेसिफिकेसन मिलाएर प्रिन्ट गर्न पर्ने भएका कारण धेरैलाई जटिल लागेको स्पस्ट छ । कतिपय निवेदकहरुका फारम पटक पटक फिर्ता आएकाले नेपाली समुदायका धेरै सदस्यहरुले बाग्लुङ सेवा समाज, क्यानडालाई फारम भर्न सहयोग गर्न गरेको अनुरोध र बिशिष्ट समयमा समाजलाई गर्नु पर्ने सेवाको हामी पनि गहिरो महसुस गरेकोले निम्न मिति र समयमा बाग्लुङ सेवा समाज क्यानडाले कम्प्युटराईज्ड राहदानी फारम भराउने जानकारी गराउँछौं । सो फारम भराउँदा निवेदकलाई न्युनतम शुल्क लाग्ने पनि जानकारी गराईन्छ । यसरि लिएको शुल्क भर्खरै मात्र संस्थाले संचालन गरेको छात्रवृति कार्यक्रमका लागी प्रयोग हुने छ ।

मितिः यहि जुन ६ गते शनिबार बिहान ११ बजे र आईतबार ४ बजे बाट

स्थानः १४१५ – २४० वेलेस्ली स्ट्रीट ईस्ट, टोरोण्टो, M4X 1G5

शुल्कः प्रति निवेदक $५ मात्र

सम्पर्कको लागीः https://www.facebook.com/baglung.canada

दुर्गा अधिकारीः ४१६-८७९-३६२५

भवि न्यौपानेः ६४७-८३६-३६५१

माधव गौतमः ६४७-९७९-६२३४

लक्ष्मण सुवेदिः ६४७-७१६-०६६६

हरि के सिः ६४७-५३७-२८३९