टोरोन्टो, डिसेम्बर २८ ।

संस्थाले आयोजना गरेको मिट एवम ग्रिट – लोक साँझ सफलताका साथ सम्पन्न भएको छ । संस्थाका बहुसंख्यक सदस्य, शुभचिन्तक, शुभेच्छुकका साथै लोक गीत संगीत प्रेमीहरुको भव्य उपस्थितिका विच क्रिसमस ईभको साँझ सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका तर्फ बाट मेचि देखी महाकाली सम्मका लोक प्रिय लोक गीतहरु प्रस्तुत गरिएको थियो भने लोक गायक तथा गायीका बुद्धीसागर बस्याल र देविका केसीले लाईभ दोहरी गीत गाएका थिए । लाईभ दोहरी गीतमा चन्दा अधिकारी, रोशन बोहरा साथै रमेश थापाले साथ दिएका थिए ।

एभरेस्ट तेक्वान्दोका बालबालीकाले मार्शल आर्टस प्रस्तुत गरेका थिए भने अनुजा सुवेदीले बालबालीका लागी शैक्षिक तथा ज्ञानबर्धक कार्यक्रम प्रस्तुत गरेकी थिईन ।

अध्यक्ष भवि न्यौपानेको अध्यक्ष्यतामा संचालन भएको सो कार्यक्रम महासचिव लक्ष्मण पान्डे र हरि केसि ले संचालन गरेका थिए । पाटियो बैङ्केट हल – काठमाण्डौ रेस्टुरेन्टमा भएको सो कार्यक्रममा रेस्टुरेन्टले स्वादिस्ट खानको व्यबास्था गर्नुको साथै आवस्यक लजिस्टिकको प्रबन्ध गरेको थियो ।

img_9680
img_9612