क्यानेडियन व्लड सर्भिसको सहयाेग तथा नेप्लीज ब्लड डोनर्स एसोसिएसन क्यानडाको सहयोग र बाग्लुङ सेवा समाज क्यानडाको आयोजनामा अप्रिल १२ अर्थात नेपाली नयाँ बर्षको उपलक्ष्यमा स्कारबोरोमा रक्तदान कार्यक्रमको आयोजना हुँदैछ । यस सामाजिक र मानविय कार्यमा सहभागी बनि नेपाली नयाँ बर्ष मनाउनका लागी संस्थाका सम्पुर्ण सदस्यहरु सवम शुभेच्छुकहरु सबैमा हार्दिक अनुरोध गर्दछौं ।

क्यानेडियन व्लड सर्भिसले गत अक्टोबरमा स्थापित संस्था नेप्लिज ब्लड डोनर्स एसोसिएसन ( एनविडीए ) क्यानडालाई नेसनल पार्टनर्स चयन गरेको छ । क्यानेडियन ब्लड डोनर्स एसोसिएसनको पहलमा क्यानडामा रहेका नेपाली समुदायको लागी क्यानेडियन ब्लड सर्भिसले एउटा पार्टनर फर लाईफ ( पिएफएल ) नम्वर प्रदान गरेको छ । जुन यस प्रकार ;-(NEPA0092756) छ ।

नेपाली नया बर्षको उपलक्ष्यमा एनआरएन क्यानडा र नेप्लीज ब्लड डोनर्स एसोसिएसन क्यानडाले सयुक्त रुपमा मिसिसागा र टोरोन्टोमा अप्रिल १० गते पनि रक्तदान कार्यक्रम राखिएको छ । १० जनाले उक्त दिन रक्तदान दिन मिल्ने व्यबस्था गरिएको छ ।