मार्च १७ गतेका दिन बालबालिकाको हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा २० जना बालबालिकाहरु सहभागी भएका थिए । सहभागी बालबालिकाहरुलाई सबै उमेर समुह मिलाएर ४ वटा समुहमा बिभाजित गरिएको थियो । कार्यक्रमको तयारी र संचालनमा प्रतियोगिता आयोजना संयोजक एवम उपाध्यक्ष यमुना खत्री, युवा संयोजक दुविका अधिकारी र कार्यक्रमलाई संचालन गर्न दिपशिखा बोहोराले महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा टिम सगरमाथा बिजेता र कंचनजंघा उपबिजेता बनेका थिए । बिजेता र उपबिजेताको लागि पुरस्कारका साथै सहभागी सबै बालबालिकाको लागी हौसला स्वरुप प्रमाण पत्र बितरण गरिएको थियो । सचिव गोपाल कंडेलले कार्यक्रम निर्माण र संचालनमा सहयोग पुराएका थिए ।