यहि मे २२ गते सम्पन्न बाग्लुङ सेवा समाज क्यानाडाले आयोजना गरेको स्ट्रिट मोमो चौथो नेपाल क्यानाडा कप भलिबल प्रतियोगिता योङ्ग ब्लड ह्यारिस्बर्ग, पेन्सिलभेनिया अमेरिकाले जितेको छ । यो भलिबल प्रतियोगितामा  क्यानाडा र अमेरिकाका गरि जम्मा नौ टिमहरु सहभागि बनेका थिए । कार्यक्रमको उद्घाटन संस्थाका अधक्ष्य भवि न्यौपाने, एनआरएन क्यानडाका अध्यक्ष दिपक गौतम र एनआरइन ग्लोबल सचिव चिरनजिवी घिमिरेबाट संयुक्त रुपमा भएको थियो । कार्यक्रमलाई महासचिव दिलिप पौड्याल र सचिव सुेरेश गौतमले संचालन गरेका थिए भने सुदर्शन सापकोटाले कमेन्ट्री गरेका थिए । 

सहभागी टीमहरुमा योङ्ग ब्लड ह्यारिस्बर्ग, पेन्सिलभेनिया, मिसिगन तुफान, मिसिगन, टोेरोन्टो नेपालीज स्पोर्ट्स कल्ब – हिमालयन, अटवा भलिबल क्लब- A र B, लालीगुराँस स्पोर्ट्स क्लब मिसिसागा A र B , बाग्लुङ सेवा समाज क्यानाडा A र B   सहभागी थिए। निकै प्रतिस्प्रधात्मक र अत्यन्त रोचक फाईनल खेलमा पेनसिलभेनियाको योङ्ग ब्लड प्रथम, मिसिसागाको लालीगुँरास स्पोर्ट्स क्लब मिसिसागा-A द्धितिय र अमेरिकाकै मिचिगन तुफान टिम  तृतिय भएका छन्। प्रथम हुने टिमलाई टाईटल प्रायोजक स्ट्रिट मोमोका प्रबन्धक राजन खत्रीले २५ सय को चेक, ट्रफी, मेडल र प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।  प्रतियोगिताको प्रथम पुरस्कार २५ सय डलर नगद, मेडल, ट्रफी र प्रमाण पत्र, दितिय पुरस्कार १३ सय नगद, मेडल र प्रमाण पत्र र तृतिय पुरस्कार ७५० नगद, मेडल र प्रमाण पत्र रेहको थियो । प्रतियोगिताको बेस्ट प्लेयरको उपाधी योङबल्डका पुजनले जिते भने उदयमान खेलाडीको उपाधी टिएनएससी-हिमालयनका बबिनसन बटलाले जिते । बिजेता, उपबिजेता र सह-उपबिजेता साथै उत्तम र उदयीमान खेलाडी सबैलाई हार्दीक बधाई दिन चाहान्छौ ।

खेललाई अत्यन्त अनुसाशित, मर्यादित र प्रतिस्प्रधात्मक रुपमा सम्पन्न गराउन योगादन पुर्याउने ओन्टारियो भलिबल ऐसोसियसनका रेफ्री द्धय एनड्रुय कारास्को र आर्यन आरभान्डी, समाजसेवी एवम भलिवल प्रेमी केदार भट्टराई, बिशाल सुबेदी, जीवन थकाली, याम खत्री लागाएत खेलमा प्रत्यक्ष सहभागी सबैलाई हार्दिक धन्यबाद दिन चाहान्छौ ।  खेललाई एकदमै व्यबस्थित गराउन अहोरात्र खट्ने संस्थाका खेल सयोजक लक्ष्मण पाण्डेलाई बिषश धन्यबाद !

यो प्रतियोगिताको आर्थिक पक्षलाई शुरुका दिन देखी अमुल्य रुपमा सहयोग गर्ने हाम्रा मनकारी प्रायोजकहरु प्रति हामी आभारी छौं । प्रतियोगिताको टाईटल प्रायोजन गर्ने स्ट्रिट मोमो ओसवाका राजन खत्री र खगराज सुबेदी, डायमन्ड प्रायोजक भिन्डालू ईन्डियन रेष्टुरेन्टका किसन एवम रोशन बोहरा, प्लाटिनम प्रायोजनका गिरी बुढाथोकि र साथीहरु प्रति हामी हार्दिक धन्यबाद दिन चाहन्छौं । यसैगरि, सिल्भर प्रायोजन गरि यस प्रतियोगितामा प्रत्यक्ष सहभागी बन्नु भएका लक्ष्मण सुवेदी – Broker, eXp Realty, भानु सिवाकोटी – Broker, eXp Realty, Homelife 247 Realty Inc. Brokerage, RMAXX Realty Brokerage, Everest Realty Ltd. Brokerage, डा. आषिस खड्का, केनेडी शेफर्ड डेन्टल, काठमान्डु रेस्टुरेन्ट, बाल्टी ईन्डियन रेस्टुरेन्ट, मयुर फाईन ईन्डियन कुजिन, भुखारा ग्रिल, बम्बे ग्रिल, म्यारिगोल्ड बिस्ट्रो, दि ईन्डियन कुजिन, लियाम फुड एवम रोडन अपारेल, दुर्गा अधिकारी, भुपिन्द्र भन्डारी र स्पाईसि सेफ सार्लोटेटाउन प्रति हार्दिक धन्यबाद दिन चानहान्छौं । खेललाई ब्रोन्ज प्रायोजको रुपमा सहयोग गर्ने अन्जु सेबेदी, बिजय पौडेल, दधिराज अर्याल, एभरेस्ट तेक्वान्डो एकाडेमी, ज्योती शर्मा, केशब बस्नेत, माधब बस्ताकोटी, लोक दोरंगा, कमला तिवारी, रमेश कार्की, मेघा शर्मा, पुर्णिमा न्यौपाने, अनवर कमल, स्पाईस क्लब, MDSVISA र मोमो जोन प्रति हार्दिक आभार ब्यक्त गर्दछौं । यसैगरि कृष्ण पराजुली प्रति पनि हार्दिक धन्यबाद दिन चाहान्छौ । 

यो कार्यक्रमलाई खेल सामग्री उपलब्ध गराई Ontario Volleyball Association (OVA) ले प्रत्यक्ष सहयोग पुर्याएको थियो भने हामी संस्था प्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छौं । बेस्ट प्लेयरको पुरस्कार एनआरएन ग्लोबल सचिब चिरनजिबी घिमिरेले प्रायोजन गर्नु भएको थियो र उहाँ प्रति पनि बिषेश धन्यबाद दिन चाहान्छौ । संस्थागतरुपमा एनआरएन क्यानडाले प्रत्यक्ष सहयोग गरेकोले बर्तमान एनआरएन क्यानडा, यसका अध्यक्ष दिपक गौतम एवम सम्पुर्ण टीमलाई हार्दिक धन्यबाद दिन चाहान्छौ । मिडिया पार्टनरको रुपमा हाम्रा गतिबिधि प्रकाशनमा ल्याउने नेपाल टच र माउन्ट एभरेष्ट टिभिलाई पनि धन्यबाद दिन चाहान्छौं । हाम्रो निमन्त्रणालाई स्वीकार गरि पाल्नुभएका बिभिन्न संघ-संस्थाका अध्यक्ष एवम प्रतिनिधिज्युहरु प्रति हार्दिक अभार प्रकट गर्दछौं ।

खेलको लागी स्थान उपलब्ध गराईदिने भेराईटी भीलेजलाई पनि बिषेश धन्यबाद दिन चाहान्छौं । खेल सम्पन्न गर्न आयोजनाको निर्णय गर्ने दिन देखी सम्पन्न गर्ने दिन सम्म अहोरात्र व्यबस्थापनमा खट्ने संस्थाका सम्पुर्ण सदस्यहरु प्रति आभार प्रकट गर्न चाहान्छौं । कार्यक्रमका दिन अत्यन्त स्वादिष्ट ब्रेकफास्ट र लन्च उपलब्ध गराउने भिन्डालु रेस्टुरेन्ट बधाईको पात्र बनेको छ भने स्वादिस्ट मोमो र समोसा उपलब्ध गराउने श्रेष्ट फ्याम्ली पनि धन्यवादका पात्र छन । 

यसै गरि संस्थाको प्रतिनिधित्व गर्दै भलिबल खेलमा सहभागी ए र बि टिमका सम्पुर्ण खेलाडी साथीहरु प्रति हार्दिक धन्यबाद दिन चाहान्छौं । ओन्टेरियोको रेडलेकबाट खेलमा सहभागी हुनको लागी आउनुभएका गोर्ख भण्डारीलाई बिषेश धन्यबाद । सम्पुर्ण स्वयसेवकहरु, स्वयम सेवकको व्यबस्थापन गर्ने सुदर्शन सापकोटा, मे २३ गतेका दिन मनोरन्जनात्मक कार्यक्रमको व्यबस्थापन गर्ने गोपाल कंडले, दुबै दिन फोटोग्राफरको भुमिका निर्वाह गर्ने प्रकान्त श्रेष्ठ र सहभागी खेलप्रेमी सबै प्रति हार्दिक धन्यबाद ! प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने खेलप्रमी, संस्थाका शुभचिन्तक, दर्शकहरु सबैमा हार्दिक धन्यबाद दिन चाहान्छौं ।

‍‍‍‍‍‍‍‍‍‍‍मे २३ का दिन सम्पन्न प्रायोजक सम्मान, मनोरन्जनात्मक एवम बार-बि-क्यु कार्यक्रमका उपस्थित भई संस्थाको तर्फबाट प्रदान गरिएको सम्मान ग्रहण गर्नुहुने सम्पुर्ण प्रायोजकहरु प्रति हामी अत्यन्तै अनुग्रहित छौं । सम्मान प्रदान गर्नुहुने हाम्रा आदरणीय अविभाकहरु, संस्थाका पधादिकारीहरु, सुन्दर नृत्य गर्ने मोनिका लामिछाने र सन्ध्या पुडासैनी  बहिनीहरु र सम्पुर्ण उपस्थित बुबा-आमा, दाजू-भाई दिदी-बहिनीहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौं । मिठो बार-बि-क्यु बनाउने बिर बस्नेत, किसन बोहोरा, सन्तोष थापा र याम बस्नेतको उच्च प्रशंसा गर्न चाहान्छौ भने हाक्का खाना उपलब्ध गराउने काठमान्डु रेस्टुरेन्ट, स्वादिस्ट अचार बनाउने सरिता सुबेदी र कालिका शर्मालाई धन्यबाद दिन चाहान्छौं । 

कार्यक्रम आयोजनाका दौरान भएका कमि कमजोरीलाई आत्मसाथ गरि सहजताका साथ हामीलाई साथ दिनु भई दुई दिनको कार्यक्रम भव्यताका साथ सफल बनाईदिनु भएकोमा सबैमाई हार्दिक धन्यबाद दिन चाहान्छौं । कार्यक्रमको दौरान हामीलाई सहयोग पुर्याउनु भएको र हामीले सम्झनबाट छुटेका सम्पुर्ण जनहरुमा हामी कृतज्ञ छौं ।