यहि अगस्त २६ गते भोटेकोशिमा आएको बाढीबाट प्रभावितको लागी बागलुङ सेवा समाज क्यानडाले सहयोग संकलनको अभियान संचालन गरेको छ। संस्था स्थापना काल देखिनै प्राकृतिक बिपतका बेला नेपालका बिभिन्न ठाउँमा सहयोग पुर्याउँदै आएको संस्थाले यो पटक पनि सहयोग संकलन गरि बाढी प्रभावितलाई सहयोग पुर्याउन यो अभियान संचालन गरेको हो । यो अभियानमा सहभागी बनि सहयोग पुर्याउन चाहनेले संस्थाको बैंक खातामा [email protected] मार्फत सहयोग गर्न सक्नुहुनेछ ।
संस्था स्थापना देखि बागलुङ सेवा समाज क्यानडाले प्रत्यक्ष आर्थिक अथवा जीन्सि सहयोग पुर्याएका प्राकृतिक प्रकोपका केहि घटनाहरु:
१. बागलुङ जिल्लाको रेशमा गएको पहिरो पिडित परिवार
२. सेतीनदि बाढी प्रभावित
३. बिहुँकोट बागलुङको पहिरो पिडित
४. २०१५ को भुकम्प प्रभावित – नुवाकोट जिल्लाको स्कुल (अस्थाई स्कुल निर्माण, चर्फी, खानेपानी र शैक्षिक सामाग्रीका लागी सहयोग
५. सुनकोशि बाढी प्रभावितलाई सहयोग
६. बारा जिल्लामा हावाहुरीबाट प्रभावित बिधालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
७. धुर्मुस सुन्तली फाउनडेशन मार्फत तराईमा सहयोग
८. कोभिड १९ को बेला एनआरएन क्यानडा र बागलुङ जिल्लाका बिभिन्न पालिकामा सहयोग
९. ढोरपाटन बाढीपहिरो पिडितलाई सहयोग
१०. जाजरकोट जिल्लामा भुकम्प प्रभावितलाई सहयोग

