बागलुङ सेवा समाज क्यानडाले यहि आउँदो डिसेम्बर ५, २०२६ गतेका दिन स्कारबोरोमा रक्तदान कार्यक्रम गर्दैछ । नेपालीज बल्ड डोनर्स एसोसियसनको समन्वयमा हालै नेपालमा गएको बिध्वंसकारी बाढी र पहिरो प्रभावितहरु प्रति ऐक्यबद्धता जनाउँदै उनीहरु प्रतिको मानवियता एवम सद्भाव व्यक्त गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो । नेपालीज बल्ड डोनर्स एसोसियसनले बाढी पहिरो प्रभावितबाट पिडितहरुको सम्झनामा “नेपाल सद्भाव दिवस”को आयोजनामा गरेको उक्त कार्यक्रममा बागलुङ सेवा समाज क्यानडाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

उक्त कार्यक्रममा सहभागि भई रक्तदान गरि जीवनदान गर्न सम्पुर्ण सदस्यहरु, संरक्षक, सल्लाहकार एवम शुभचिन्तकहरु प्रति हार्दिक अनुरोध गरेको छ । संस्थाले आयोजना गरेको यो रक्तदान कार्यक्रम चौथो संस्करण हो ।