बाग्लुङ सेवा समाज क्यानडाले यहि आउँदो सेप्टेम्बर २८ गते आईतबार टोरोण्टो मा ९ देखी ११ बजे सम्म र माल्टन मिसिसागामा दिउँसो २ देखि ४ बजे सम्म कमप्युटराईज्ड मशिन रिडेबल पास्पोर्ट फारम (MRP) भर्ने कामलाई सहजिकरण गर्दैछ । एन आर एन क्यानडाको आयोजना र नेपाली राजदुताबास क्यानडाका प्रतिनिधिको उपस्थितिमा उक्त दिन दुई स्थानमा हुने सहजिकरण कामका लागी हामीलाई सम्झेकोमा धन्यबाद दिन चाहान्छौ ।

अहिले सम्म हाम्रो आफ्नै सक्रियतामा टोरोण्टो देखि भ्यानकुभर सम्म सयौ आवेदकहरुको फारम भरि सहयोग गरिसकेका छौ । यो कार्यक्रममा राहदानी फारम भर्न पर्ने सबै नेपाली दाजु भाई दिदी बहिनीहरु उपस्थित भई लाभ उठाउन हार्दीक अनुरोध गर्दछौं । हामीले लिदै अाएको फारम दस्तुर यस दिनमा पनि लाग्ने जानकारि दिन चाहान्छौ । फारम बापत ५ डलर दस्तुर लाग्ने छ । फारम भर्नका लागी वयस्क व्यक्तिले आ-आफ्नो सक्कली नागरिकताको प्रमाण पत्र र राहदानी तथा बच्चा-बच्चीहरुको हकमा नाबालिग प्रमाण पत्र वा प्रमाण खुल्ने कागज पत्र लिएर आउनु होला ।

समय र स्थानः
९-११ बजे बिहान
कम्युनिटि म्याटर्स, २६० वेलेस्लि स्ट्रिट ईस्ट
टोरोण्टो
२ -४ अपरान्ह
माल्टन कम्युनिटि सर्भिसेज
मिसिसागा