बाग्लुङ सेवा समाज क्यानडाको नवौं साधारण सभा र बार्षिक तीज कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । यहि सेप्टेम्बर ६ गतेका दिन टोरोन्टोमा साधारण सभाका साथै नेपाली महिलाहरुको ठुलो चाड तीजको कार्यक्रम सम्पन्न भएको हो ।

साधारण सभालाई एनआरएन क्यानडाका नवनिर्वाचित अध्यक्ष दिपक गौतम प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गरेका थिए भने स्वागत मन्तब्य दुर्गा अधिकारीले गरेका थिए । संस्थाका अध्यक्ष भवि न्यौपानेको सभापतित्वमा संचालन भएको नवौ अधिबेशन महासचिब लक्ष्मण पाण्डेले गरेका हुन । अधिबेशनलाई शुभकामना गल्कोट समाज गल्कोटका अध्यक्ष हर्क पाण्डे, सल्लाहकार डा. कृस्न के सि, गणेश खत्री, ईश्वर राजन, गिरी बुढाथोकीले समेत गरेका थिए भने अन्तराष्ट्रिय बाग्लुङ समाजका अध्यक्ष एकराज गिरीले पठाएको शुभकामना सन्देश पढेर सुनाईएको थियो ।

कार्यक्रममा नवआगन्तुक अष्टिन पौडेललाई सल्लाहकार गणेश खत्रीले खादा ओडाएर सम्मान गरिएको थियो । यसै गरि सम्पुर्ण आजीवन उपस्थित सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र बितरण गरिएको थियो ।

नवौ साधारण सभा नयाँ कार्यसमिति निर्वाचनको अधिवेशन पड़ भएकोले निर्वाचन आयुक्त कपिल सुवेदिले निर्वाचन प्रक्रियालाई सहज र सरलरुपमा नयाँ कार्यसमितिको चयन गरि सम्पन्न गरेका थिए । अधिवेशनले भवि न्यौपानेकै नेतृत्वमा २३ सदस्सिय कार्यसमिति निर्वाचति गरेको छ । जसमा अशोक पौडेल (ब्राम्पटन) उपाध्यक्ष, आनन्द श्रेष्ठ (टोरोन्टो) उपाध्यक्ष, शिला पन्त (महिला उपाध्यक्ष), दधि पौडेल (दिलिप) महासचिव, सुरेश गौतम सचिव, माधव गौतम कोषाध्यक्ष, दानबाहदुर बोहरा कार्यक्रम संयोजक समेत गरि १५ जना सदस्यहरु चुनिएका छन ।

साधारण सभा र अधिवेशन पछि तीज कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाकि सदस्य देविका केसिले तीजका गीत गाएर मनोरन्जन गराएकी थिईन भने दिदीबहिनिहरु मन फुकाएर नाचेका थिए । उल्लेख्य संख्यामा उपस्थित दिदीबहिनीहरुले भरपुर रमाईलो गरेका थिए भने याम खत्री र दान बोहोराले भोजनको सौजन्य गरेका थिए ।

फ़ोटो सौजन्य – कृस्न बराल