आउँदो सेप्टेम्बर ४ गतेका दिन बाग्लुङ सेवा समाज क्यानडाको एघारौं बार्षिक साधारण सभा एवम् अधिवेशन हुंदै छ । साधारण सभा टोरोन्टोमा हुनेछ भने साधारण सभाले आगामी कार्यकालका लागी नयाँ कार्यसमिती निर्वाचित गर्नेछ । नयाँ कार्यसमिती चयनका लागी संस्थाका आजीवन सदस्य, पुर्व उपाधक्ष्य एवम् एनआरइन क्यानडाका निवर्तमान कोषाध्यक्ष याम खत्रीलाई ज़िम्मेवारी दिईएको छ ।

संस्थाको सदस्यता प्राप्तीको लागी सदस्यता जहिले सुकै खुला रहेको छ भने आजीवन सदस्यताको लागी एक सय डलर र साधारण सदस्यताको लागी पन्ध्र डलर तोकिएको छ । बिस्तृत जानकारीका लागी संस्थाको आधिकारिक वेबसाईटमा हेर्न सकिन्छ – https://baglungsamaj.org/। संस्थाका सल्लाहकार, आजीवन सदस्य, सदस्य, शुभचिन्तक, सहयोगी, पदाधिकारी, र स्वयमसेवीहरु सबैलाई उपस्थित भई आसन्न साधारण सभा र अधिवेशन भव्यताका साथ सफल बनाईदिनुहुन संस्था हार्दिक अनुरोध गर्दछ ।