टोरोन्टो, अप्रिल ३० ।आउँदो जुलाई १५ गतेका दिन टोरोन्टोको स्कारबोरोमा बृहत् नेपाली खेलकुद महोत्सवको आयोजना हुने भएको छ । ग़ैर-आवासिय संघ क्यानडाको समन्वयमा बागलुङ सेवा समाज क्यानडा र टोरोन्टो नेपालीज स्पोर्ट्स कल्बको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।

खेल महोत्सवमा उत्तर अमेरिका व्यापी महिला पुरुष भलिबल, टेबल टेनिस, लुठो तान्ने र दौडका प्रतियोगिताहरु राखिएका छन । खेल महोत्सवको संयोजकत्व ग़ैर-आवासिय नेपाली संघ क्यानडाका खेलकुद मुख्य संयोजक एवम् बागलुङ सेवा समाज क्यानडाका पुर्व महासचिव र वर्तमान कार्यसमितीका सदस्य लक्ष्मण पाण्डेले गरेका छन् । यस्तै संयोजकहरुमा बागलुङ सेवा समाज क्यानडाका अध्यक्ष भबि न्यौपाने, टोरोन्टो नेपालीज स्पोर्ट्स कल्बका अध्यक्ष दिपेन्द्र जंग केसी र भलिबल संयोजक राजकुमार गुरुङ छन ।

खेलकुदको आयोजना र व्यबस्थापनका लागी आर्थिक समितीको गठन भएको छ । समितिमा दुर्गा अधिकारी, एनआरएन क्यानडाका कोषाध्यक्ष याम ख़त्री, टिएनसीका कोषाध्यक्ष सरोज भट्टराई र बिदुर केसी रहेका छन । यस प्रकारको कार्यक्रम पहिलो पटक हुन लागेकोले खेलप्रेमी, शुभचिन्तक र समाजसेवी सबैमा आयोजक समितिले सकृय सहभागिता, स्वयसेवा र सहयोगकोलागी हार्दिक अनुरोध गरेको छ । यस बृहत् कार्यक्रमलाई सफल बनाउन सम्पुर्ण व्यबसायीहरुलाई सक्दो सहयोगको लागी हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम घोषणा पोस्टर