यहि मार्च १७ गतेका दिन सँस्थाले बालबालिकाहरुको लागी हाजीरि जवाफ प्रतियोगिताको आयोजना गर्ने भएको छ । सँस्थामा आबद्ध सदस्यहरुका बालबालिकाहरुलाई लक्षित गरि सो आयोजना ग़र्न लागिएको हो । कार्यक्रमा आउँदो आईतबार दिनको २ बजे देखि ४ बजे सम्म हुनेछ ।

प्रतोयोगितामा ५ देखी १२ वर्ष सम्मका बालबालिका सहभागी हुनेछन भने ३० जना भन्दा बढ़ी बालबालिका सहभागी हुने अनुमान गरिएको छ । सहभागीहरुलाई बिजेता, उपबिजेता र सहभागीताको प्रमाण पत्र बितरण गरिनेछ । कार्यक्रम तयारीका लागी संस्थाको उपाध्यक्ष यमुना खत्री र युवा संयोजक दुविका अधिकारीले हाजीरि जवाफका लागी प्रश्नहरु, संचालन बिधि र आवस्यक तयारि पुरा भएको जनाएका छन भने सचिव गोपाल कंडेलले पनि आवस्यक सहयोग पुर्याएका छन ।

कार्यक्रम बालबालिकाको मार्च छुट्टीमा गर्न लागिएको हो । सो कार्यक्रम सगुन ईएक्सपी रियल्टी अफिसमा गर्न लागिएको छ ।