टोरोन्टो, डिसेम्बर १६, २०१८ ।

बाग्लुङ सेवा समाज क्यानडाले यहि डिसेम्बर २४ गते साँझ सँस्थाका सदस्यहरु तथा शुभ-चिन्तकहरुको उपस्थितीमा रमाईलो भेटघाट साँझको आयोजना गर्दैछ । क्रिसमस तथा नयाँ वर्षको सन्ध्यामा आपसी भेटघाट, छलफल तथा रमाईलोको लागी यो कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा लोक दोहरी गीत, पन्चेबाजा, बच्चाहरुको खेलकुद प्रदर्शनी, तथा गीत सँगीतका साथै स्वादिस्ट खानको व्यबास्था गरिएको छ ।  प्रख्यात लोक गायक बुद्धी सागर बस्याल र देवीका केसीले लाईभ दोहरी गीत गाउने छन भने आ‍-आफ्ना उत्कृस्ट गीतहरु गाउने छन ।

कार्यक्रमा प्रवेसको लागी जनही २० डलर शुल्क तोकिएको छ भने १० बर्ष मुनीका बच्चा-बच्चीहरुलाई निशुल्क प्रवेशको व्यबस्था गरिएको छ ।

कार्यक्रममा संस्थाका सदस्यहरुलाई चुल्हे निम्तो गरिएको छ भने शुभेच्छुक तथा शुभ चिन्तकहरुलाई हार्दीक निमन्त्रणा गरिन्छ । यस कार्यक्रमबाट उठेको रकम खर्च कटौती पछि बाँकी रहेको सबै संस्थाको छात्रवृति कार्यक्रममा प्रयोग हुनेछ ।