जुलाई २ र ३ गते क्यानडाको राजधानी अटवामा भएको राजधानी कप फुटबल प्रतियोगितामा बागलुङ सेवा समाज क्यानडाले तृतिय पुरस्कार जितेको छ । २ दिन सम्म चलेको उक्त प्रतियोगितामा क्यानडाका ६ र मिचिगन अमेरिकाको १ गरि अम्मा ७ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको प्रथम पुरस्कार पील क्लब र द्धितिय पुरस्कार टोरोन्टो स्पोर्ट्स क्लबले जितेका छन ।

प्रतियोगिताको आयोजना अटवा स्थित नेपाली संस्था एनसिएओ ले गरेको हो । प्रथम पुरस्कार ३ हज़ार डलर, मेडल, कप र प्रमाण पत्र, द्धितिय पुरस्कार २ हज़ार डलर, मेडल, कप र प्रमाण पत्र र तृतिय पुरस्कार १ हज़ार डलर, मेडल, कप रहेको थियो । बागलुङ सेवा समाजबाट सल्लाहकार ईश्वर चन्द राजन र निवर्तमान उपाधक्ष्य याम खत्रीले टीम संयोजन, व्यवस्थापन गर्नुभएको थियो । संस्थाको प्रतिनिधत्व गरेर फुटबल खेलमा सहभागी भएको यो पहिलो अवसर हो । सहभागी खेलाडी र व्यवस्थापक सबैलाई हार्दिक बधाई ।

टिममा सहभागी खेलाडी र व्यवस्थापक ईश्वर राजन र याम खत्री । तस्विर श्रोत: सोशल मिडिया