यहि सेप्टेम्बर ४ गतेका दिन स्कारबोरोमा संस्थाको ११औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संगै भएको अधिवेशनले हरि केसी नेतृत्वमा आगामी २ बर्षको लागी नयाँ कार्यसमिती चयन गरेको छ । प्रत्येक २-२ बर्षमा नयां कार्यसमितीको लागी निर्वाचन हुने गर्दन । साधारण सभालाई एनआरएन क्यानडाका निवर्तमान अध्यक्ष तथा अन्तराष्ट्रिय बागलुङ सामाजका उपाध्यक्ष दिपक गौतमले अतिथिको रुपमा सम्बोधन गरेका थिए ।

साधारण सभामा उपाध्यक्ष अशोक पौडेलले स्वागत गरेका थिए भने सल्लाहकार गिरि बुढाथोकी, गणेश खत्री, ईश्वर राजन र कृष्न केसीले सम्बोधन गरेका थिए । पारिवारिक भ्रमणमा आउनु भएका अविभावकहरुको सम्मान गर्नुका साथै महासचिव र कोषाध्यक्षले प्रस्तुत गरेका बार्षिक प्रतिवेदन, आर्थिक प्रतिबेदन सर्वसम्मत पारित भएका थिए । सभामा सल्लाहकारहरु र सदस्यहरुले आ-आफ्नो भनाई राखेका थिए भने अविभावकहरुले सुझाव सल्लाह दिएका थिए । यसै गरि ट्रिलियम फाउनडेशनकी लिलेन गुरङ, नेपाली पशुपतीनाथ मन्दिर स्कारबोरोका महासचिब निल पौडेल, एनआरएन क्यानडा पुर्व महासचिव सुमन लम्साल, ब्राम्पटन क्षेत्रबाट एनआरएन एनसिसिमा निर्वाचित जगन सापकोटाले सम्बोधन गरेका थिए ।

अधिवेशनलाई सफलता पुर्वक सम्पन्न गर्न आजीवन सदस्य एनआरएन क्यानडाका निवर्तमान कोषाध्यक्ष याम खत्री निर्वाचन आयुक्त नियुक्त भएका थिए । बागलुङ जिल्लाको भुगोललाई समेट्ने गरि नयाँ कार्यसमिती चयनमा गरिएको छ भने केहि बोर्ड डाईरेक्टरमा कार्यसमितीले नियुक्ती गर्नेछ । यसरि निर्वाचित हुने र पहिलो बोर्ड बैठकले कार्यसमितीलाई पुर्णता दिने प्रयास गरेको छ । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन आयुक्त याम खत्रीले सपथ खुवाएका थिए भने अविभावक मोहन चन्द राजनले प्रमाण पत्र वितरण गरेका थिए ।

नयाँ कार्यसमितीमा – अध्यक्ष – हरि केसी, उपाध्यक्ष एवम् महिला संयोजक – यमुना खत्री, दिलिप पौडेल र रोशन बोहरा; महासचिव – माधव गौतम, सचिव – गोपाल कंडेल, कोषाध्यक्ष – गीता खड़का, सह-कोषाध्य्क्ष – देबु बस्नेत, कार्यक्रम संयोजक – राजन खत्री छन भने निवर्तमान अध्यक्ष भवि न्यौपाने कार्यसमितीमा विधानत रहनेछन । यसै गरि अधिवेशनले शुरेस गौतम, डा. डिल्ली शर्मा, सरिता सुबेदी, बिर बस्नेत, दुर्गा आचार्यलाई बोर्ड सदस्यमा सर्वसम्मत निर्वाचित गरेको हो । हालै सम्पन्न पहिलो बोर्ड बैठकले संस्थापक अध्यक्ष दुर्गा अधिकारीलाई प्रमुख संरक्षक, निवर्तमान उपाध्यक्ष आनन्द श्रेष्ठलाई सल्लाहकार, दुबिका अधिकारी, नविन सापकोटा, नेत्र कंडेल – क्यालगरि, र सन्दिप पौडेल एडमन्टनलाई बोर्ड सदस्यमा मनोनयन गरेको छ । अर्कों निर्णय नभए सम्मको लागी सल्लाहकारहरुलाई यथावत राख्ने निर्णय पने गरेको छ ।

कार्यक्रममा ग्लोबल क्यानडा टिभिका संचालक तथा संस्थाका आजीवन सदस्य पुर्ण कंडेल तथा नेपाल क्यानडा टिभिका संचालक बुद्धिसागर बस्याल संचारकर्मीको रुपमा उपस्थित थिए । कार्यक्रम सगुन ईएक्सपि रियाल्टी – लक्ष्मण सुवेदीको अफिस स्कारबोरोमा भएको थियो । कार्यक्रमको अन्तमा अध्यक्ष भवि न्यौपानेले सबैलाई धन्यबाद दिदै नयाँ निर्वाचित कार्यसमितीलाई शुभकामना र बधाई दिएका थिए ।