बागलुङ सेवा समाज क्यानडाले हालै नेपालको जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर गएको ६ दशमलब ४ रेक्टर स्केलको भुकम्पबाट प्रभावित स्थानियहरुको राहत सहयोगको लागी सहयोग संकलन शुरु गरेको छ । तत्कालै सहयोग पुर्याउनका लागी नेपाली ५०,०००।०० रुपैया पठाईसकिएको छ । उक्त सहयोग रक़म कर्ण बटला मार्फत जिल्ला दैवि प्रकोप राहत सहयोग समितिलाई आकस्मिक सहयोग व्यवस्थापन गर्नको लागी पठाईसकिएको हो ।

सहयोग संकलानार्थ संस्थाले शुरु गरेको अभियानमा एक हज़ार भन्दा बढ़ी क्यानेडियन डलरको उठिसकेको छ भने उठ्ने क्रम जारी छ । यसै क्रममा आज नोभेम्बर ५ गते भराईटी भिलेजमा बागलुङ सेवा समाज क्यानडा र टोरोन्टो नेपालीज स्पोर्ट्स कल्बको संयोजनमा भैरहेको नियमित भलिबल खेल पनि भुकम्प पिडितको सहयोगार्थ हुदैछ ।

राहत संकलन अभियानमा संकलित सहयोग रकम छिटै पठाईने सबैमा जानकारी गराउँछौ । यस कार्यमा सहभागी हुनचाहानुहुने मनकारी मनहरुले बागलुङ सेवा समाज क्यानडाको बैंक खातामा [email protected] ई-ट्रान्सफर गर्न सक्नुहुनेछ । यहाँहरु सबैको सहयोगको लागी संस्था हृदयदेखी हार्दिक आभार व्यक्त गर्दछ ।

सबैलाई स्मरण रहोस, प्राकृतिक प्रकोपबाट प्रबावितहरुको सहयोगको लागी संस्थाले स्थापना देखीनै सहयोग पुर्याउँदै आईरहेको छ ।

तस्बिर श्रोत: फेसबुक